सभामुख डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभा बैठक स्थगित

nepalkuro.com

काठमाडौँ – सभामुख डोलप्रसाद (डिपी) अर्यालकी सासू आमाको निधन भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण जनाउँदै संघीय संसद् सचिवालयले स्थगित गरेको हो।

सभामुख अर्यालको निजी सचिवालयका अनुसार उहाँकी सासू आमाको निधनका कारण मंगलबारका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो।

संघीय संसद् सचिवालयका अनुसार २०८३ भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणवश स्थगित भएको हो।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम अब प्रतिनिधिसभाको अर्को बैठक २०८३ भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनापत्रमा सभामुखको निजी कारणले मंगलबारको बैठक स्थगित गरिएको उल्लेख गर्दै अर्को बैठक बुधबारका लागि तय गरिएको जानकारी दिइएको छ।

प्रतिक्रिया