नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाको फेसबुक पेजमा गरेको पोस्ट मा काठ्माण्डौ महानगरपालिकाका मेयर बालेन शाह ले ब्यङ्गात्मक कमेन्ट गरेका छन । मेयर शाह भन्नुहुन्छ – ‘यो पोस्ट कुन VPN बाट हो, नेपाली हो कि विदेशी । सारै गारो हुने रहेछ VPN बाट चलाउन त !!! ’ । हालै मात्र नेपाल सरकारले फेसबुक, युटुव लगाएत २६ वटा सामाजिक संजालका प्लेटर्फमहरु बन्द गरेको छ भने कतिपयले यसको विरोध गर्दै आइरहेका छन । यस विषयमा सरकारमै रहेका कतिपय पार्टीका नेताहरुले समेत असन्तुष्टी जनाइरहेका छन ।
२२ भदौ २०८२, आईतबार ०३:२९ मा प्रकाशित