प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक
nepalkuro.com
२५ भदौ २०८३, बिहिबार
काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठकमा देशको समसामयिक अवस्थाका साथै भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको परिस्थितिबारे छलफल हुने बताइएको छ।
बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, उपचार, राहत र प्रभावितको पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय बैठकले गर्ने जनाइएको छ।