विपद्मा खटिने उद्धारकर्ता, पत्रकार र स्वास्थ्यकर्मी पनि मानसिक आघातको जोखिममा

nepalkuro.com

काठमाडौं– गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा संयन्त्र खटिरहेका छन्।

मनोचिकित्सक डा. खगेन्द्र काफ्लेले विपद्का घटनामा प्रत्यक्ष खटिने उद्धारकर्ता, प्रहरी, पत्रकार तथा स्वास्थ्यकर्मीसमेत मानसिक आघातको उच्च जोखिममा रहने बताएका छन्।

विपद्पछि पीडितसम्म राहत र सहयोग पुर्‍याउने विषयमा बढी ध्यान केन्द्रित हुने भए पनि घटनास्थलमा सबैभन्दा पहिले पुग्ने उद्धारकर्ता, पत्रकार र स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य भने ओझेलमा पर्ने गरेको उनले बताए।

‘पहिला पुग्ने उद्धारकर्ताहरू, पुलिसहरू, रिपोर्टिङ गर्न जाने पत्रकारहरू र स्वास्थ्यकर्मीहरूलाई हुने मानसिक आघातको खतरा जो रियलमै घटनामा परेका छन् उनीहरूलाई जति नै बराबर हुन्छ भनिन्छ,’ उनले भने। . व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यका लागि ‘सेल्फ केयर’लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनका अनुसार सेल्फ केयरअन्तर्गत सबैभन्दा पहिले आफ्नो सुरक्षा सुनिश्चित गर्ने, दैनिक खानपानमा ध्यान दिने, पर्याप्त पानी पिउने र पर्याप्त निद्रा लिने कुरा महत्त्वपूर्ण छन्।

त्यस्तै, आफूलाई मानसिक रूपमा असहज वा अस्वस्थ महसुस भएमा नजिकका व्यक्तिसँग आफ्ना समस्या र भावनाहरू साझा गर्नुपर्ने उनले बताए।

‘साथी, परिवारका सदस्य, सम्बन्धित संस्था तथा सरकारी निकायसँग जोडिएर आफ्ना आवश्यकता व्यक्त गर्न सकियो भने गम्भीर प्रकारको मानसिक समस्या हुनबाट आफूलाई रोक्न सकिन्छ,’ डा. काफ्लेले भने

प्रतिक्रिया