उद्योगमन्त्रीमा गणेश पराजुली नियुक्त हुँदै, सपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

nepalkuro.com

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट बाहिरिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गणेश पराजुलीलाई उद्योगमन्त्रीका रूपमा रोजेका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पराजुलीको सपथग्रहणका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्र पठाइसकेको छ।

मन्त्री यादवको राजीनामापछि रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी अब गणेश पराजुलीले सम्हाल्ने भएका हुन्। उनको नियुक्ति र सपथग्रहणको औपचारिक प्रक्रिया अगाडि बढाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया