पृथ्वीराजमार्गमा पहिरो, एक लेन अवरुद्ध हुँदा यातायात प्रभावित

nepalkuro.com

तनहुँ – तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ। आइतबार साँझ खसेको पहिरोका कारण सडकको एक लेन अवरुद्ध भएको छ।

अर्को लेनबाट सवारीसाधन सञ्चालन गरिए पनि आवतजावतमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। पहिरो खसेपछि राजमार्गमा सवारीको चाप बढ्नुका साथै यात्रुहरू पनि प्रभावित भएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा पुगेको छ।

प्रहरी टोलीले पहिरो हटाएर सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेको जनाएको छ। पहिरोका कारण सवारी आवागमन प्रभावित रहेकाले प्रहरीले राजमार्ग प्रयोग गर्ने चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया