परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

nepalkuro.com

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री एडमले भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार तथा जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएकी छन् ।

माल्दिभ्सका विदेशमन्त्री एडमले विपद्को यस दुःखद घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेकामा माल्दिभ्स सरकार तथा जनताप्रति आभार व्यक्त गरेका थिए ।

वार्ताका क्रममा दुवै मन्त्रीले जलवायु परिवर्तनका कारण नेपाल र माल्दिभ्सले सामना गरिरहेका साझा चुनौती तथा त्यसको समाधानका उपायबारे समेत छलफल गरेका थिए ।

उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्द्धनका लागि थप समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया