खुटिया नदिमा डुवेर चार जनाको मृत्यु ।

nepalkuro.com
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झुलोंगे पुल नजिक खुटिया खोलामा डुबेर वेपत्ता भएका चार किशोर मृत अवस्थामा फेला परेका छन् ।
नुहाउन गएका सात जना मध्ये चार जना वेपत्ता भएका थिए। धनगढी घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा भेटिएका हुन । अन्य तीन जनाको सकुशल उद्दार गरिएको छ। मृतकको शव परीक्षणका लागि अस्पताल लगिदैैछ।

प्रतिक्रिया