नुवाकोट जाने सडकमा ठूलो पहिरो, दर्जनौँ सवारीसाधन अलपत्र

nepalkuro.com

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

पहिरोका कारण काठमाडौं–नुवाकोटतर्फ आवतजावत गर्ने दर्जनौँ सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्। सडक अवरुद्ध हुँदा नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री बोकेर हिँडेका सवारीसाधनसमेत बीच बाटोमै रोकिएका छन्।

पहिरो पन्छाउन स्काभेटर प्रयोग गरिएको छ। ठूलो पहिरो भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्न सक्ने सुरक्षाकर्मी तथा पहिरो पन्छाउने काममा खटिएका कामदारले बताएका छन्।

सडक अवरुद्ध भएपछि यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधन प्रभावित भएका छन्। पहिरो पन्छाउने काम पूरा नभएसम्म उक्त सडकखण्डमा आवतजावत सहज नहुने जनाइएको छ।

प्रतिक्रिया