भोटेकोशी बाढीपीडितका लागि पर्साबाट निरन्तर सहयोग

nepalkuro.com

पर्सा – भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावितका लागि पर्साका विभिन्न पालिका, सामाजिक सङ्घसंस्था, उद्योगपति तथा समाजसेवीले आर्थिक सहयोग गर्ने क्रम जारी राखेका छन् ।

वीरगञ्जका सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि दुई लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।

त्यस्तै, वीरगञ्ज–१३ राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले बाढीपीडितका लागि एक लाख ५५ हजार ५५३ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भारतको लभली प्रोफेसनल युनिभर्सिटी (एलपीयू) ले पनि आफ्ना नेपाली विद्यार्थी तथा उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउँदै बाढीपीडितका लागि राहत सङ्कलन तथा आर्थिक सहयोग अभियान सुरु गरेको जनाएको छ ।

यसैगरी, नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । विद्यालयमा गठित विभिन्न क्लबमा आबद्ध विद्यार्थीले सङ्कलन गरेको ९५ हजार ७८३ रुपैयाँ सहयोग गरिएको जनाइएको छ ।

विपद्का कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम बढेको छ ।

प्रतिक्रिया