राष्ट्रपति पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको आज स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
अवलोकनपछि काठमाडौं फर्किएर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ ।