एनपीएलको टेलिभिजन अधिकार हिमालय टेलिभिजनलाई, ओटीटी अधिकार नेटटीभीलाई

nepalkuro.com

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको नेपालभित्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले प्राप्त गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार हिमालय टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँमा एनपीएलको टेलिभिजन अधिकार पाएको हो ।

यसैगरी, एनपीएलको तेस्रो संस्करणको विश्वव्यापी ओटीटी अधिकार नेटटीभी प्रालिले प्राप्त गरेको छ । नेटटीभीले उक्त अधिकार १८ करोड चार लाख रुपैयाँमा खरिद गरेको क्यानले जनाएको छ ।

त्यस्तै, आगामी एनपीएलको टिकटिङ अधिकार इसेवा लिमिटेडले प्राप्त गरेको छ ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । प्रतियोगितामा सहभागी टोली, खेल तालिका तथा अन्य तयारीसम्बन्धी विवरण क्यानले क्रमशः सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया