सङ्कटमा देश : रास्वपा एकातिर, सरकार अर्कोतिर

nepalkuro.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वमा सरकार गठन भएको चार महिना भएको छ । सरकारको कार्यशैली हेर्दा सरकार र पार्टीबिच उच्चस्तरीय समन्वय नभएको स्पष्ट देखिन्छ।

चुनावी बाचापत्र, सरकारको सय दिने कार्यसूची, नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन सम्बन्धमा सरकार एकातिर र पार्टी अर्कोतिर देखिएको राजनीतिक वृत्तमा चर्चा छ।प्राध्यापक लोकराज बराल सरकार र पार्टीबिच तालमेल नदेखिएको बताउँछन्। ‘सरकार गठन भएको चार महिनाको गतिविधि हेर्दा सरकार एकातिर, पार्टी अर्कोतिर देखिएको छ । सरकार र पार्टीबिच कुनै समन्वय भएको देखिँदैन,’ उनले भने।

प्रतिक्रिया