मोरङ — मिक्लाजुङ गाउँपालिका–१ स्थित सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।
शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारीका २६ वर्षीय शुक्र दमाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सहचालक मिक्लाजुङ गाउँपालिका–७ एकरातेका २१ वर्षीय किरण राईलाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।