भोटेकोशी बाढीपछि नुवाकोटको ढुङ्गेमा यातायात सञ्चालन, बेत्रावतीसम्म पुग्न सहज

nepalkuro.com

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ। विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएपछि बाढीपहिरो प्रभावित क्षेत्रमा आवागमन थप सहज भएको छ।

भोटेकोशी बाढीका कारण क्षति पुगेका सडक तथा डुबानमा परेका बस्तीमा यातायात सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको थियो।

ढुङ्गेबजारको बस्ती तथा सडकमा पुगेको क्षति र डुबानका कारण उत्पन्न अवरोध हटाएर आवागमन सहज बनाइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सडक सञ्चालनमा आएपछि शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरबाट सामग्री सुरक्षित रूपमा निकाल्न तथा बेत्रावतीसम्म पुग्न सहज भएको छ। क्षतिग्रस्त सडक मर्मतका लागि आवश्यक यन्त्र–उपकरणसहित जनशक्ति प्रभावित क्षेत्रमा पठाउनसमेत सहज भएको नगरप्रमुख श्रेष्ठले बताए।

ढुङ्गेलगायत क्षेत्रमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति परिचालन गरेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले समेत आवश्यक सहयोग गरेका थिए।

प्रतिक्रिया