रास्वपाका सभापति रवि लामिछान् पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगेका छन् ।
सर्वदलीय बैठक सकेर सभापति लामिछाने कांग्रेस पार्टी कार्यालय पुगेर दिवंगत श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
मंगलबार निधन भएका श्रेष्ठको पार्शिव शरीर अहिले श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् ।
१३ साउन २०८३, बुधबार ११:५३ मा प्रकाशित