रवि लामिछानेले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने
nepalkuro.com
२४ भदौ २०८३, बुधबार
काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले विशेष समय लिएर सम्बोधन गर्न लागेका हुन्। उनका सचिवालयका अनुसार सम्बोधनका क्रममा उनले गत भदौ १० गते आएको विनाशकारी बाढी, त्यसपछिको खोज, उद्धार तथा राहत वितरणको वर्तमान अवस्थाबारे संसद्मा धारणा राख्नेछन्।
लामिछानेले देशको विद्यमान राजनीतिक अवस्था तथा समसामयिक विषयमा समेत आफ्नो धारणा प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।