भोटेकोशी बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित
nepalkuro.com
१७ भदौ २०८३, बुधबार
काठमाडौँ– रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीबाट उत्पन्न विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय गरिएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ।
विभागले चालु आर्थिक वर्षदेखि प्रत्येक महिनाको १ गते र १६ गते नियमित रूपमा करदाता प्रोत्साहन पुरस्कार घोषणा गर्दै आएको थियो। तर, पछिल्लो प्राकृतिक विपद्का कारण भदौ १६ गते हुने भनिएको कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ।
विभागका अनुसार स्थगित भएको १५ दिनसहित भदौ महिनाभरिका करदाता प्रोत्साहन पुरस्कारका विजेता आगामी असोज १ गते एकैपटक घोषणा गरिने निर्णय भएको छ।
लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागले प्राकृतिक विपद्का कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै पुरस्कार घोषणा कार्यक्रम स्थगित गरिएको जनाएको हो।