बाघ गणनाको नतिजा सार्वजनिक : संख्या बढ्यो, वृद्धिदर घट्यो

nepalkuro.com

नेपालमा बाघको संख्या वृद्धि भएर ४२९ पुगेको छ । २०८२ सालको गणनामा बाघको संख्या ३३५ बाट बढेर ४२९ परेको हो ।


बाघ दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको हो । यसअघि २०७८ मा गरिएको गणनामा देशभर बाघको संख्या ३५५ रहेको थियो ।पछिल्लो चार वर्षमा ७४ बाघ थपिएको गणनाले देखिएको छ । जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ११२, बाँके राष्ट्रिय निकुञ्जमा ५१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१ वटा बाघ पुगेका छन् ।


यसअघि, २०७८ मा गरिएको गणनामा सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बटा, पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका थिए ।

प्रतिक्रिया