सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव बिहीबारदेखि काठमाडौँमा आमरण अनसनमा बसेका छन् ।
यसअघि सरकारलाई दिइएको २४ घण्टे अल्टिमेटमभित्र कुनै ठोस पहल नभएको भन्दै यादवले आमरण अनसन सुरु गरेको राष्ट्रिय एकता दलले जनाएको छ ।अनसनस्थलमा सुनसरी घटनामा ज्यान गुमाएका युवाको तस्बिर राखिएको थियो भने घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग गरिएको थियो ।सहभागीहरूले सरकारले घटनालाई सामान्य रूपमा लिन खोजेको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ ।
१४ साउन २०८३, बिहिबार ०३:३८ मा प्रकाशित