सरकारले गर्‍यो ४ सचिवको सरुवा

nepalkuro.com


सरकारले ४ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ४ सचिवको सरुवा र १ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको मुख्यसचिव गोविन्द कार्कीले रातोपाटीलाई जानकारी दिए । कार्कीका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई डा. पोखरेलको स्थानमा पठाइएको छ । गत माघमा मात्रै सञ्चार मन्त्रालयमा पुगेकी बस्नेत ६ महिनामै सरुवामा परेकी हुन् ।

प्रतिक्रिया