बाजुरामा खोला तर्ने क्रममा किशोर बेपत्ता

nepalkuro.com

बाजुरा – बाजुरामा खोला तर्ने क्रममा बगेर एक किशोर बेपत्ता भएका छन्। जगन्नाथ गाउँपालिका–३ का अन्दाजी १६–१७ वर्षीय अनुज सिंह मंगलबार कालसिङ्गे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिंह भाटका अनुसार बाख्रा चराउन गएका सिंह दिउँसो सोही ठाउँस्थित कालसिङ्गे खोला तर्ने क्रममा बगेका थिए।

घटनाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए।

बेपत्ता किशोरको खोजीका लागि प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुराअन्तर्गत विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोली परिचालन गरिएको छ। प्रहरीले किशोरको खोजी जारी रहेको जनाएको छ।

प्रतिक्रिया