‘नेपालमा आजसम्म धर्म र संस्कृतिका नाममा कहिल्यै युद्ध भएको छैन, हुन दिँदैनौँ’

nepalkuro.com

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले नेपालमा आजसम्म धर्म र संस्कृतिका नाममा कहिल्यै युद्ध नभएको र हुन नदिइने बताएका छन्। नेपालको बहुमूल्य विविधतालाई कसैको विभेद र विभाजनको हतियार बन्न नदिनुपर्ने समेत उनले बताए। बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सचेतक परियारले यस्तो बताएका हुन् ।उनले भने,‘म यस सम्मानित सदनमार्फत प्रस्ट भन्न चाहन्छु–हाम्रो यो ऐतिहासिक सहिष्णुतामाथि कसैले आँखा नलगाओस्! कुनै पनि बाह्य वा भित्री शक्तिले ‘प्रोजेक्ट डिजाइन’ गरेर हाम्रो सामाजिक सद्‌भाव बिगार्ने दुस्साहस नगरोस्। हामी हाम्रो बहुमूल्य विविधतालाई कसैको विभेद र विभाजनको हतियार बन्न दिने छैनौँ।’ 

प्रतिक्रिया