लेखा समितिमा परेका उजुरीमाथि आजदेखि छलफल हुँदै, के छन् प्रक्रिया

nepalkuro.com


सङ्घीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले आफूमा परेका विभिन्न उजुरीहरूमाथि आजबाट छानबिन तथा छलफल प्रक्रिया अगाडि बढाउने भएको छ। आज दिउँसो २ बजे बस्ने समितिको पूर्ण बैठकले उजुरीहरूलाई एजेन्डामा राखेर छलफल सुरु गर्न लागेको हो।


समितिमा परेका उजुरीहरूलाई प्राथमिकताको आधारमा अध्ययन गर्ने र तीमध्ये कुन–कुन विषय समितिको अधिकार क्षेत्रभित्र पर्छन् भन्ने निर्क्योल गरी छलफल अगाडि बढाइने समितिका सभापति भरत खड्काले जानकारी दिए ।

प्रतिक्रिया