काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी छन्।
उनले प्रधानमन्त्री बालेन शाहसमक्ष बिहीबार आफ्नो पदबाट राजीनामा बुझाएकी हुन्।
मन्त्री यादवले राजीनामा बुझाएसँगै उनको राजीनामाको कारणबारे विभिन्न चर्चा सुरु भएको छ। यद्यपि, राजीनामाको कारणबारे विस्तृत जानकारी भने हालसम्म सार्वजनिक भएको छैन।
प्रधानमन्त्री कार्यालय तथा सम्बन्धित निकायबाट यस विषयमा औपचारिक जानकारी आउन बाँकी रहेको छ। मन्त्री यादवको राजीनामा स्वीकृत हुने वा नहुने विषयमा पनि प्रधानमन्त्री शाहले निर्णय गर्नेछन्।
२५ भदौ २०८३, बिहिबार ०१:५४ मा प्रकाशित