काठमाडौं – प्रतिनिधिसभा बैठकलाई खासै आफ्नो प्राथमिकतामा नराख्ने प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह बुधबारको बैठकमा उपस्थित भएका छन्।
बुधबारको बैठकमा आकस्मिक समय चल्दा अनुपस्थित रहेका प्रधानमन्त्री बालेन रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका बेला संसद् भवन पुगेका हुन्। प्रतिनिधिसभा बैठकमा अहिले लामिछानेले सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्री बालेन विरलै मात्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने गरेका छन्। यसअघि भदौ १७ गतेको बैठकमा उपस्थित भएर सम्बोधन गरेपछि उनी बैठकबाट बाहिरिएका थिए। विपक्षी दलहरूले पनि बेला–बेला प्रधानमन्त्री बालेनलाई संसद् बैठकमा खोज्ने गरेका छन्। संसद् बैठकमा उनको कम उपस्थितिलाई लिएर विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्।
२४ भदौ २०८३, बुधबार ०२:५७ मा प्रकाशित