तीन दिनसम्म राहत नबाँडेको भन्दै सांसद आशिका तामाङ आक्रोशित, धादिङमा तनाव

nepalkuro.com

धादिङ — बाढीपछि प्रभावितलाई तीन दिनसम्म राहत वितरण नगरिएको भन्दै प्रतिनिधिसभा सदस्य आशिका तामाङले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गरेपछि धादिङमा तनावको अवस्था सिर्जना भएको छ।

बाढीबाट प्रभावित नागरिक राहतको पर्खाइमा रहेका बेला राहत वितरणमा ढिलाइ भएको भन्दै सांसद तामाङले स्थानीय जनप्रतिनिधिसमक्ष प्रश्न उठाएकी हुन्। उनले विपद्को समयमा तत्काल प्रभावितको उद्धार र राहतमा ध्यान दिनुपर्ने भन्दै ढिलासुस्तीप्रति असन्तुष्टि जनाएकी थिइन्।

राहत वितरणमा भएको ढिलाइबारे प्रश्न उठाउने क्रममा जनप्रतिनिधि र सांसदबीच भनाभन भएपछि केही समय अवस्था तनावग्रस्त बनेको बताइएको छ।

बाढी तथा पहिरोका कारण धादिङका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला राहत सामग्रीको उचित व्यवस्थापन र प्रभावितसम्म तत्काल पुर्‍याउने विषय चुनौतीका रूपमा देखिएको छ। स्थानीयले पनि विपद्को समयमा राजनीतिक विवादभन्दा उद्धार, राहत र प्रभावितको सुरक्षालाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया