शहीदको सम्झनामा धनरूपा स्मृति पार्क :

nepalkuro.com

 पूर्वी पहाडको शान्त वातावरणमा बिहानको घाम लसुने डाँडामाथि विस्तारै फैलिन थाल्छ ।  वनहरूबीचबाट आउने चिसो हावाले आगन्तुकलाई ताजगी दिँदै यहाँका वरिपरि फैलिएका हरिया डाँडाहरूले प्रकृतिको अनुपम दृश्य प्रस्तुत गर्छन । यही रमणीय वातावरणको बीचमा मौन रूपमा उभिएका ६ वटा अर्धकदका शालिकहरू भने एउटा फरक कथा सुनाइरहेका छन् -त्यागको, बलिदानको र इतिहासको ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–७ र ८ को संगमस्थल लसुने डाँडा अहिले केवल प्राकृतिक सौन्दर्यका कारण मात्र परिचित छैन । यहाँ निर्माण गरिएको ‘शहीद धनरूपा स्मृति पार्क’ ले यस क्षेत्रलाई इतिहास, स्मृति र पर्यटनलाई एकै सूत्रमा बाँध्ने नयाँ गन्तव्यका रूपमा स्थापित गरिरहेको छ । जहाँ एकातिर माओवादी ‘जनयुद्ध’का क्रममा ज्यान गुमाएका शहीदहरूको योगदानलाई सम्मान गरिएको छ भने अर्काेतर्फ यही स्मृतिलाई पर्यटन विकासको आधार बनाउने प्रयास सुरु भएको छ ।

प्रतिक्रिया