५० प्रतिशत काम भएका अलपत्र आयोजनाको म्याद थपेर ठेकदारको मनोबल बढाउँदै बालेन सरकार

nepalkuro.com
नेपाली

Global IME bank
विकास निर्माण

५० प्रतिशत काम भएका अलपत्र आयोजनाको म्याद थपेर ठेकदारको मनोबल बढाउँदै बालेन सरकार

Samsung
आइतबार, १७ साउन २०८३, ०९ : ४३

 सारांश

  • सरकारले ५० प्रतिशत काम सम्पन्न भएर अलपत्र परेका आयोजनाको म्याद थपको प्रक्रिया अघि बढाएको छ ।
  • सार्वजनिक खरिद नियमावलीमा १५औँ संशोधन गरी म्याद थपको बाटो खुला गरिएपछि सिंहदरबारमा निर्माणाधीन संसद् भवनलगायतका आयोजनामा म्याद थप्ने तयारी भइरहेको छ ।
  • यस निर्णयले काम नगर्ने ठेकेदारलाई प्रश्रय दिने र उनीहरूको मनोबल बढाउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयभित्रैबाट असन्तुष्टि व्यक्त भएको छ ।

काठमाडौँ । यतिबेला ५० प्रतिशत काम सम्पन्न भएर लामो समयदेखि अलपत्र परेका आयोजनामा सरकारले म्याद थपको प्रक्रिया अघि बढाएको छ  । सरकारले सार्वजनिक गरेको सार्वजनिक खरिद (१५औँ संशोधन) नियमावली, २०८३ ले म्याद थपको बाटो खुला गरेपछि सिंहदरबारमा निर्माणाधीन संसद् भवनलगायत विभिन्न ठुला तथा अधुरा आयोजनामा म्याद थप्ने तयारी भइरहेको छ ।

बालेन सरकारले ठेकदारहरूको निरन्तरको दबाबमा सार्वजनिक खरिद नियमावली, २०६४ मा १५औँ संशोधन गरेको खुलेको छ । लामो समयदेखि अलपत्र परेका र म्याद सकिएका निर्माण आयोजनाहरूको अन्तिम पटक म्याद थप गर्ने गरी सरकारले राजपत्रमा सूचना प्रकाशित गरे पनि यस निर्णयप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयभित्रैबाट तीव्र असन्तुष्टि व्यक्त भएको छ ।

प्रतिक्रिया