जनकपुरमा हिन्दु राष्ट्रका लागि गृहमन्त्री गुरुङले सहमति गरेका हुन् ?

nepalkuro.com

 जनकपुरमा गृहमन्त्री सुधन गुरुङले ‘संयुक्त हिन्दु मोर्चा’ सँग १३ बुँदे समझदारी गरेको समाचारले हल्लाखल्ला मच्चिएको छ । जहाँ नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषय उल्लेख छ । 

मागको एक नम्बर बुँदामा ‘दिगो शान्ति, सामाजिक सद्‌भाव, धार्मिक सहिष्णुता तथा धार्मिक सहअस्तित्वको प्रवर्द्धनका लागि किराँत, बौद्धसहित ८१ प्रतिशत हिन्दुको बाहुल्यता भएको नेपाल राष्ट्रलाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा स्पस्ट समय सीमा तोकी सर्वदलीय बैठकमार्फत छलफल प्रक्रिया अगाडी बढाउने’ विषय उल्लेख छ । जसलाई तीन महिनाभित्र प्रक्रिया अघि बढाउने विषय समेत समेटिएको छ । तर, सार्वजनिक बुँदामा सरकार पक्ष कसैको पनि हस्ताक्षर छैन । बरु मोर्चाका तर्फबाट माग पत्र अघि सारेको प्रस्ट देखिन्छ । जनकपुरको उक्त वार्तामा गृहमन्त्री गुरुङसहित सत्तारुढ दल रास्वपाका नेता मनिष झा पनि सँगै रहेका थिए । मोर्चासँग सहमति भएको भनिएको सार्वजनिक पत्रमा मोर्चाको माग मात्र बुँदागत रूपमा लेखिएका छन् र माग गर्नेहरूको हस्ताक्षर रहेको छ । 

प्रतिक्रिया