दीपेन्द्रसिंह ऐरीको अर्धशतक, नेपाललाई ओमानविरुद्ध बलियो स्कोरको आशा

nepalkuro.com

काठमाडौँ– एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।

ओपनिङ ब्याटिङमा संकटमा परेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र बसिर अहमेदले महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स उकासेका हुन्। पाँचौँ विकेटका लागि दीपेन्द्र र बसिरले ९३ रनको साझेदारी गरे।

दीपेन्द्रले ७२ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। उनी अहिले ५१ रनमा खेलिरहेका छन्। यस्तै, बसिर अहमेद ८८ बलमा ४७ रन बनाएर आउट भए। उनी अर्धशतक बनाउन तीन रनले चुके।

ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो। नेपालका ओपनर आशिफ शेख ११ र देव खनाल १३ रनमा आउट भएका थिए। त्यसपछि इशान पाण्डे १ र रोहित पौडेल ३ रनमै आउट हुँदा नेपाल दबाबमा परेको थियो।

तर, दीपेन्द्र र बसिरले महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले। ३७ ओभरको खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर खेलिरहेको छ। क्रिजमा दीपेन्द्रसिंह ऐरीसँगै गुल्सन झा रहेका छन्। गुल्सनले पाँच बल खेले पनि खाता खोल्न सकेका छैनन्।

प्रतिक्रिया