भोटेकोशी बाढीका २१ घाइतेको शिक्षण अस्पतालमा उपचार जारी

nepalkuro.com

काठमाडौं– रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएका एक भारतीय नागरिकसहित २१ जनाको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीपछि अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये २१ जनाको हाल उपचार भइरहेको हो।

अस्पतालमा अशोक श्रेष्ठ, बलबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, रामप्रसाद थारु, रिता डोल्चा, ऋतु डङ्गोल, सुरुची राना मगर, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ र सिजल थापा क्षेत्रीको उपचार भइरहेको छ।

यस्तै सितार तामाङ, मनिषा उचाई मगर, श्रीकेशकुमार यादव, चण्डिका श्रेष्ठ, कृष्ण श्रेष्ठ र सनम पाल्मोको पनि उपचार भइरहेको छ। भारतीय नागरिक नवलेश शर्माको समेत शिक्षण अस्पतालमै उपचार भइरहेको प्रवक्ता डा. सेढाईंले जानकारी दिए।

उपचाररत घाइतेमध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठको आईसीयूमा तथा मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टको हाई केयर युनिटमा उपचार भइरहेको छ।

अस्पतालका अनुसार हालसम्म उपचारपछि ५५ जना डिस्चार्ज भइसकेका छन् भने चार जनालाई प्रारम्भिक उपचारपछि अन्य अस्पतालमा पठाइएको छ।

अस्पतालमा ल्याइएका घाइतेमध्ये २५ वर्षीय कुशल मगरको भने उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा. सेढाईंले बताए।

प्रतिक्रिया