1)चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रशारण नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रशारण नगर्न आफ्नै मुख्य रजिष्ट्रारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले प्रचलित कानुन अनुसार गोपनीय राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनुवाइ हुने विषयवस्तुलाई प्रत्यक्ष प्रशारण नगर्नू भनी अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्च अदालतले मुद्दाका कुनैपनि पक्ष वा उनीहरूका कानुन व्यवसायीहरूले गोपनीयता कायम गरियोस र प्रत्यक्ष प्रशासन नगरियोस् भनी अनुरोध गरेका विषयहरूको मुद्दाको सुनुवाइ समेत प्रत्यक्ष प्रशारण हुने छैन ।
त्यसबाहेक अदालत वा इजलासले प्रत्यक्ष प्रशारण गर्न उपयुक्त नरहेको भनी ठहर्याएका विषय वा मुद्दाको सुनुवाइ पनि प्रत्यक्ष प्रशारण नगर्न सर्वोच्च अदालतले आफ्नो प्रशासनलाई अन्तरिम आदेश जारी गरेको हो ।