नेपाल–ओमान सेमिफाइनल भिडन्त, शेर मल्लले गरे ओडीआई डेब्यु

nepalkuro.com

काठमाडौँ– एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बायुमास क्रिकेट ओभलमा बिहीबार बिहान सुरु भएको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। आजको खेल जित्दै नेपाल प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्यमा छ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने ओमान समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो।

नेपाल र ओमानबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले चार खेल जित्दा ओमानले ६ खेलमा बाजी मारेको छ।

पछिल्लोपटक गत मे महिनामा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको थियो।

यसैबीच, नेपालका प्रतिभावान युवा अलराउन्डर शेर मल्लले ओमानविरुद्धको यही महत्वपूर्ण सेमिफाइनल खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।

प्रतिक्रिया