बाढीबाट मृत्यु हुनेको संख्या ६२६ पुग्यो ।

nepalkuro.com

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ६२६ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ हजार ४२६ जना अझै बेपत्ता छन्।

हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ। बाढीपछि सबैभन्दा धेरै चितवनमा २३३ वटा शव फेला परेका छन् भने नवलपरासी पूर्वमा १५८ वटा शव भेटिएका छन्।

प्रहरीका अनुसार गोरखा, नवलपरासी पश्चिम, धादिङ, नुवाकोट, तनहुँ र रसुवामा पनि ठूलो संख्यामा शव फेला परेका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।

प्रतिक्रिया