प्रधानमन्त्री राहत तथा दैवी प्रकोप उद्धार कोषमा करिब १२ अर्ब जम्मा
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ः०० बजेसम्म दुवै कोषमा गरी रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो।
कार्यालयका अनुसार हाल नौ वटा वाणिज्य बैंकमा रु ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ मौज्दात रहेको छ। कोषमा जम्मा भएको रकममध्ये यसअघि रु १ अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा भइसकेको छ।
यसैगरी, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।