भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक बस्ने, भोटेकोशी–त्रिशूली बाढीबारे विशेष प्रस्ताव पारित गरिने

nepalkuro.com

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।

आज बसेको समितिको बैठकले भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।

भदौ १७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा दलगत रूपमा धारणा राख्ने कार्यसूची तय गरिएको छ।

यस्तै, बाढीबाट भएको क्षति र त्यसबाट उत्पन्न समस्याका विषयमा विशेष प्रस्ताव पारित गर्ने निर्णयसमेत भएको छ।

विशेष प्रस्ताव पारित गरेपछि क्रमशः प्रतिनिधि सभाको नियमित कार्यभारअनुसार सदनका बैठकहरू सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ।

प्रतिक्रिया