प्रवासी भारतीयको विशेष निक्षेपमा १०० अर्ब डलरभन्दा बढी रकम जम्मा

nepalkuro.com

काठमाडौं– भारतले विदेशमा रहेका आफ्ना नागरिकका लागि सञ्चालन गरेको विशेष निक्षेप प्रणालीमा जम्मा भएको रकम १०० अर्ब अमेरिकी डलर नाघेको छ।

‘फाइनान्सियल एक्सप्रेस’ र ‘ब्लुमबर्ग’मा प्रकाशित रिपोर्टअनुसार, रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)को नियमनमा सञ्चालित विशेष निक्षेप सुविधामा प्रवाह भएको पूँजीले ऐतिहासिक माइलस्टोन पार गरेको हो।

यस सुविधामार्फत विदेशमा बस्ने भारतीय नागरिकले विदेशमा आर्जन गरेको विदेशी मुद्रा भारतीय बैंकिङ प्रणालीमा जम्मा गर्न सक्छन्। प्रवासी भारतीयबाट निरन्तर भइरहेको यस्तो पूँजी प्रवाहले भारतको विदेशी मुद्रा सञ्चिति बलियो बनाउन तथा घरेलु वित्तीय संस्थालाई दीर्घकालीन कर्पोरेट ऋणमा लगानी गर्न सहयोग पुगेको बताइएको छ।

विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहेकै अवस्थामा पनि प्रवासी भारतीयबाट ठूलो मात्रामा पूँजी भारत भित्रिनुले उनीहरूको देशको अर्थतन्त्रप्रतिको विश्वास र आर्थिक संलग्नता बलियो रहेको संकेत गरेको छ।

प्रतिक्रिया