रसुवा बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री तिमिल्सिना
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीलाई भेटेका छन्।
मन्त्री तिमिल्सिना शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
उनले घाइतेको उपचारको अवस्था, अस्पतालबाट उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवा तथा उपचारका क्रममा देखिएका समस्याबारे चिकित्सक तथा स्वास्थ्यकर्मीसँग जानकारीसमेत लिए।
मन्त्री तिमिल्सिनाले घाइतेको उपचारमा कुनै समस्या हुन नदिन आवश्यक सहजीकरण र स्वास्थ्य सेवाको अवस्थाबारे समेत चासो राखेका छन्।