भोटेकोशी बाढीमा घाइते २७ जनाको शिक्षण अस्पतालमा उपचार हुँदै

nepalkuro.com

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार अस्पतालमा हालसम्म ६७ जना बिरामी ल्याइएकामा २७ जनाको उपचार भइरहेको हो।

उपचाररत बिरामीमध्ये तीन जनालाई सघन उपचार कक्ष (आईसीयू)दुई जनालाई हाइकेयर (विशेष निगरानी) मा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालमा ल्याइएका घाइतेमध्ये उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रवक्ता सेढाईंले जानकारी दिए। मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन्।

उनका अनुसार अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीमध्ये हालसम्म ३९ जना डिस्चार्ज भइसकेका छन्।

भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार गरिएका घाइतेहरूलाई विभिन्न अस्पतालमा ल्याएर उपचार गर्ने क्रम जारी रहेको छ।

प्रतिक्रिया