हिजो आक्रोश पोख्ने प्रधानमन्त्री र सदनमा आँसु बगाउने गृहमन्त्री आज किन मौन?'प्रतिपक्षी सांसदहरूले सुनसरीको देवानगन्जमा भएको घटनाबारे सरकार जबाफदेही हुनुपर्छ भन्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्।प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टी लगायत सबै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थिति माग गरेका हुन्।
१४ साउन २०८३, बिहिबार ०१:३९ मा प्रकाशित