दुर्गा प्रसाईं फेरि पक्राउ

nepalkuro.com

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारविरुद्ध आन्दोलनको घोषणा गरेलगत्तै मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियान’का संयोजक दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै निवासबाट गिरफ्तार भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले उनलाई निकोसेराबाट नियन्त्रणमा लिएको हो। पत्रकार सम्मेलनका क्रममा देशको वर्तमान राजनीतिक परिस्थिति, सुनसरी घटना र वैदेशिक अवस्थाबारे विवादित दाबी प्रस्तुत गर्दै आन्दोलनको चेतावनी दिएपछि सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा अनुसन्धानका लागि प्रहरीले उनलाई हिरासतमा राखेको छ।

प्रतिक्रिया