विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक आज

nepalkuro.com

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनका विषयमा छलफल गर्न आज केन्द्रीय समिति बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट बैठक बस्ने गरी बैठक आह्वान गरेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा पछिल्लो समय देशका विभिन्न क्षेत्रमा देखिएको बाढीपहिरो तथा त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल हुनेछ। विशेषगरी विपद् व्यवस्थापन, उद्धार, राहत तथा प्रभावित नागरिकलाई सहयोग गर्ने विषयमा पार्टीको आगामी भूमिकाबारे बैठक केन्द्रित हुने बताइएको छ।

बाढीपहिरोका कारण विभिन्न जिल्लामा जनधन तथा भौतिक संरचनामा क्षति पुगेका बेला रास्वपाले आफ्नो तर्फबाट भइरहेको राहत तथा उद्धारसम्बन्धी गतिविधि र आगामी कार्ययोजनाबारे समेत छलफल गर्ने तयारी गरेको छ।

प्रतिक्रिया