बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न रास्वपाको परिपत्र

nepalkuro.com

 राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न परिपत्र गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिपत्र गर्दै यस्तो आग्रह गरेका हुन् ।

‘हालसम्म सम्पन्न हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेश अधिवेशनहरू पार्टीको प्रथम महाधिवेशन चक्रकै बाँकी प्रक्रिया हुन्,’ परिपत्रमा भनिएको छ, ‘अत: ती अधिवेशनहरूमा प्रथम महाधिवेशन चक्रका लागि लागू भएका पार्टीको विधान, निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगबाट जारी भएका निर्णय, निर्देशन तथा व्याख्या समान रूपमा लागू हुनेछन् ।’आयोगका अनुसार पार्टीको प्रथम महाधिवेशन चक्र अन्तर्गत सञ्चालन भइरहेका जिल्ला तथा प्रदेश अधिवेशनसम्बन्धी निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता तथा निष्पक्षता कायम राख्न केन्द्रीय निर्वाचन आयोगबाट यस्तो निर्देशन जारी गरिएको हो ।

निर्देशनअनुसार प्रथम महाधिवेशन चक्रमा कुनै सदस्यले अर्को तहबाट प्रतिनिधि वा कुनै पदमा उम्मेदवारी दर्ता गरेसँगै, सोही महाधिवेशन चक्रका लागि बहाल रहेको निजको प्रतिनिधिको हैसियत स्वत: समाप्त भएको मानिनेछ । यसका लागि छुट्टै राजीनामा वा स्वीकृति आवश्यक पर्ने छैन ।

प्रतिक्रिया