काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका आधारमा फाइनान्स कम्पनीहरूको प्रमुख वित्तीय सूचक सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १४ वटा फाइनान्स कम्पनीहरूको समग्र औसत पुँजी पर्याप्तता अनुपात १४.३६ प्रतिशत, प्राथमिक पुँजी पर्याप्तता अनुपात ११.६० प्रतिशत, कर्जा–निक्षेप अनुपात ७५.२१ प्रतिशत र खराब कर्जा ७.६६ प्रतिशत कायम भएको छ।
वित्तीय विवरणअनुसार नेपाल फाइनान्स लिमिटेडको पुँजी पर्याप्तता अनुपात २६.७४ प्रतिशत, सीडी रेसियो ५९.२४ प्रतिशत र खराब कर्जा १३.८३ प्रतिशत रहेको छ। त्यसैगरी, गोर्खाज फाइनान्सको पुँजी पर्याप्तता अनुपात १६.४२ प्रतिशत, सीडी रेसियो ७२.७२ प्रतिशत र खराब कर्जा १३.३२ प्रतिशत पुगेको छ। गुडविल फाइनान्सको पुँजी पर्याप्तता अनुपात १५.३५ प्रतिशत र सीडी रेसियो ६९.०१ प्रतिशत रहँदा खराब कर्जा ६.२७ प्रतिशत कायम भएको छ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको पुँजी पर्याप्तता अनुपात १९.१२ प्रतिशत, सीडी रेसियो ७१.४२ प्रतिशत र खराब कर्जा ३.७४ प्रतिशत रहेको छ।
यस्तै, वेष्ट फाइनान्स कम्पनी लिमिटेडको पुँजी पर्याप्तता अनुपात १५.५६ प्रतिशत, सीडी रेसियो ७१.४२ प्रतिशत र खराब कर्जा १३.६९ प्रतिशत रहेको छ। प्रोग्रेसिभ फाइनान्स लिमिटेडको पुँजी पर्याप्तता अनुपात १२.२५ प्रतिशत, सीडी रेसियो ६८.६१ प्रतिशत र खराब कर्जा ३.०१ प्रतिशत रहेको छ।
जानकी फाइनान्स कम्पनी लिमिटेडको पुँजी पर्याप्तता अनुपात ऋणात्मक ६.१४ प्रतिशत पुगेको छ भने सीडी रेसियो ९८.५७ प्रतिशत र खराब कर्जा ६१.५५ प्रतिशत रहेको छ।त्यसैगरी, पोखरा फाइनान्सको पुँजी पर्याप्तता अनुपात १२.७७ प्रतिशत, सीडी रेसियो ६४.५१ प्रतिशत र खराब कर्जा २०.८४ प्रतिशत कायम भएको छ। सेन्ट्रल फाइनान्सको पुँजी पर्याप्तता अनुपात १५.०३ प्रतिशत, सीडी रेसियो ५८.५७ प्रतिशत र खराब कर्जा १०.४० प्रतिशत रहेको छ।
मल्टिपर्पस फाइनान्सको पुँजी पर्याप्तता अनुपात २२.६७ प्रतिशत, सीडी रेसियो ६२.०५ प्रतिशत र खराब कर्जा ३.३० प्रतिशत पुगेको छ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको पुँजी पर्याप्तता अनुपात १९.३५ प्रतिशत, सीडी रेसियो ६४.३२ प्रतिशत र खराब कर्जा ५.२० प्रतिशत रहेको छ।
आईसीएफसी फाइनान्सको पुँजी पर्याप्तता अनुपात १४.३८ प्रतिशत, सीडी रेसियो ८४.२९ प्रतिशत र खराब कर्जा १.५५ प्रतिशत रहेको छ। मञ्जुश्री फाइनान्सको पुँजी पर्याप्तता अनुपात १२.७९ प्रतिशत र सीडी रेसियो ८५.२२ प्रतिशत रहँदा खराब कर्जा ३.४२ प्रतिशत छ।त्यस्तै, रिलायन्स फाइनान्सको पुँजी पर्याप्तता अनुपात १२.४९ प्रतिशत, सीडी रेसियो ८६.२८ प्रतिशत र खराब कर्जा ६.५५ प्रतिशत कायम भएको छ।
यसैगरी, नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका कम्पनीमध्ये नेपाल शेयर मार्केट एण्ड फाइनान्सको पुँजी पर्याप्तता अनुपात ४५.६० प्रतिशत रहे पनि खराब कर्जा शतप्रतिशत पुगेको छ। अर्को समस्याग्रस्त कम्पनी क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको पुँजी पर्याप्तता अनुपात ३८.७४ प्रतिशत र खराब कर्जा पनि शतप्रतिशत नै कायम रहेको राष्ट्र बैंकले जनाएको छ।