बाढीपीडितको उद्धारमा चीन सक्रिय, प्राविधिक सहयोगसहित टोली परिचालन

nepalkuro.com

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले विशेष प्राविधिक तथा आपत्कालीन उद्धार टोली परिचालन गरेको छ।

नेपाल सरकारको आग्रहपछि चीन र भारत दुवै देशबाट विशेष विशेषज्ञ टोली परिचालन गर्ने प्रक्रिया अघि बढाइएको हो। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङ तथा जटिल क्षेत्रमा फसेकाहरूको उद्धारका लागि नेपालले प्राविधिक विशेषज्ञता आवश्यक रहेको जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहे पनि खराब मौसम, भौगोलिक विकटता र क्षतिग्रस्त सडक तथा पुलका कारण अभियान चुनौतीपूर्ण बनेको छ। कतिपय स्थानमा हेलिकोप्टरमार्फत उद्धार तथा राहत सामग्री पुर्‍याउने काम भइरहेको छ।

यसै बिच चिनले पठाएको बिज्ञहरुसहितको हेलिकप्टर नेपाल आईपुगेको छ ।

प्रतिक्रिया