प्रधानमन्त्री बालेनलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

nepalkuro.com

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुष्कर दाहाल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट नियन्त्रणमा लिएको हो।

दाहाललाई थप अनुसन्धान तथा कारबाहीका लागि भोटाहिटीस्थित साइबर ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दाहालले इन्स्टाग्राममार्फत प्रधानमन्त्री बालेनलाई भदौ २३ गते ‘सिध्याइदिने’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति लेखेका थिए। उक्त पोस्टमा उनले प्रहरीलाई समेत ट्याग गर्दै गालीगलौज गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया