रसुवागढी आयोजनाको पावर हाउसमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न कुलमानको आग्रह

nepalkuro.com

काठमाडौँ– पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्।

भदौ १४ गते आफूले टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको अनुगमन (रेकी) गरेर फर्किएपछि धुन्चेमा सुरक्षा निकायसँग छलफल गरेको जानकारी दिँदै घिसिङले भदौ १५ गते नेपाली सेनाको टोली पहुँच सुरुङभित्र करिब २५० मिटर पुगेको बताएका छन्।

सुरुङभित्र मानिस नभेटिएको जानकारी प्राप्त भए पनि आयोजनाका कर्मचारी सुरुङभित्र रहेको पावर हाउसको कन्ट्रोल रुममा रहने भएकाले अब पावर हाउससम्म पुग्ने वैकल्पिक उपाय खोजेर उद्धार कार्यलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिएका छन्।

घिसिङले भनेका छन्, “कर्मचारीहरू सुरुङभित्रको पावर हाउसको कन्ट्रोल रुममा रहने हुँदा अब पावर हाउसमा छिर्ने उपाय गरी त्यहाँ थुनिएका कर्मचारीको उद्धार तत्काल गरिनुपर्छ।”

पहिरोका कारण सुरुङ अवरुद्ध भएपछि प्रशासन र सुरक्षा निकायको टोलीले अवरोध हटाउँदै उद्धार प्रयास जारी राखेको छ।

प्रतिक्रिया