काठमाडौं– आज ‘जेनजी’ शहीद दिवस मनाइँदै छ । गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरण तथा सम्मानमा आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।
गत भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनले मुलुकको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो । आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘जेनजी’ शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सरकारले आन्दोलनमा ज्यान गुमाएका युवाको योगदानको सम्मान गर्दै उनीहरूको स्मरणमा विभिन्न कार्यक्रम आयोजना गरिने जनाएको छ ।
२३ भदौ २०८३, मङ्गलबार १०:१० मा प्रकाशित