भोटेकोशी बाढीमा १ हजार २९० जनाको शव फेला, अझै ४ हजार ७९८ जना बेपत्ता
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौँ– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १ हजार २९० जनाको शव फेला परेको छ। नेपाल प्रहरीले हालै सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढी तथा विपद्मा परी ज्यान गुमाएका १ हजार २९० जनाको शव फेला परेको हो।
फेला परेका शवमध्ये ९२६ वटा शवको माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। अझै ४ हजार ७९८ जना बेपत्ता रहेको प्रहरीको अद्यावधिक विवरणमा उल्लेख छ।
बाढी प्रभावित विभिन्न क्षेत्रबाट सुरक्षाकर्मीहरूले हालसम्म ८ हजार १९७ जनाको सकुशल उद्धार गरेका छन्। उद्धार गरिएका तथा प्रभावित क्षेत्रका नागरिकमध्ये ३ हजार ६३१ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
त्यस्तै, बेपत्ता व्यक्तिका परिवारजनको पहिचान तथा मृत शरीरको सनाखत गर्न हालसम्म १ हजार ८६२ जना आफन्तको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता व्यक्तिको खोजी, उद्धार तथा पहिचानको कामलाई निरन्तरता दिइएको छ।